arrow

एमाले गएका अन्सारी पुनः जसपामै फर्के

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
jasap-ansari.PNG

वीरगञ्ज । केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी पुनः जसपामै फर्केका छन् ।

अन्सारीले आज पुनः जसपामा प्रवेश गरेका हुन् । उनलाई सांसद प्रदीप यादवले फुलमाला लगाएर पुनः पार्टीमा फिर्ता ल्याएका छन् ।

जसपाको नेतृवसँग रुष्ट भएर एमाले प्रवेश गरेका अन्सारीसँग जसपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले भेटघाट गरेर असन्तुष्टिहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनी पुनः जसपामा फर्केको बुझिएको छ ।

उनलाई प्रवेश गराउँदै सांसद यादव अन्सारीको वापसीसँगै जसपामा ऊर्जा थपिएको बताए । 'उहाँ जस्ता युवाहरु पार्टीको ऊर्जा हुनुहुन्छ । मुस्तुफाजी गएदेखि पार्टी अलि खल्लो जस्तो भएको थियो,' यादवले भने, 'फिर्ता आएपछि पार्टीमा रौनक बढेको छ ।'

यादवले जनतालाई एमालेले धेरै दिनसम्म भ्रमित पारेर राख्न नसक्ने बताए । मधेस आन्दोलन चलिरहँदा जनताको टाउको र छातीमा गोली चलाउने एमाले आज मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याउन खोजिरहेको उनले आरोपसमेत लगाए ।

अन्सारीको वापसीसँगै वडा नम्बर २ मा जसपा फेरी बलियो बनेको छ । वडा मतदाताहरूको उनको राम्रो पकड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ