arrow

पोखराको मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
UML Kaski.jpg

पोखरा । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा पठाएको छ । मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम गत शुक्रबार महानगर कमिटीले जिल्लामा पठाएको थियो ।

जिल्लाले पनि सोही नामलाई प्रदेशमा पठाएको थियो । बुधबार प्रदेश कमिटीले सबै नाम केन्द्रमा पठाएको सचिव धनन्जय दवाडीले जानकारी दिए ।

पोखराको मेयरका लागि प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, नेताहरु दीपक पौडेल, बालासिंह काउछा मगर र सावित्री भण्डारीले दाबी गरेका छन् ।

उपमेयरमा वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, नेताहरू वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, बिनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलको नाम सिफारिस भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ