पूर्ण खोप लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन स्वाथ्य मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
1k
Shares
काठामडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९विरुद्धको पूर्ण खोप लगाएको ३ महिनापछि नै बुस्टर डोज लगाउन आग्रह गरेको छ । यसअघि कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज लगाउन भनिएको थियो ।
पछिल्ला अध्ययनहरुले पूर्ण खोप लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन मिल्ने देखिएको भन्दै मन्त्रालयले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले शुक्रबार एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बुस्टर डोज लगाउन आफ्नो खोप कार्ड लगेर नजिकको खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।