arrow

के छ एमालेको ४८ पृष्ठ लामो घोषणापत्रमा ? पूर्णपाठसहित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
oli-kp.jpg

काठमाडौं । नेकपा एमालेले स्थानीय तथ निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ ।

सबै पालिकाले आआफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार सार्वजनिक गरेको ४८ पृष्ठ लामो घोषणापत्रमा ‘एक घर एक धारा’ अभियान शुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने जनाएको छ । 

एमालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ । 

‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने ।’ 

खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुनेगरी उपयक्तु संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिवद्धिता पनि घोषणापत्रमा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ