arrow

'एमालेले नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी उद्देश्य बनाएको छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
kp-oli-uml.PNG

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारमा पुग्नुभन्दा पनि सबै नेपालीको मुहारमा खुसी फैलाउनु एमालेको उद्देश्य भएको बताएका छन् । शुक्रवार राजधानीको एक कार्यक्रममा ओलीले नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी आफ्ना पार्टीको उद्देश्य बनाएको बताए ।

कार्यक्रममा उनले भने,' एमालेले कुनै पनि नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी पार्टीको उद्देश्य बनाएको छ । पार्टीले अभाव हटेर सुखी र खुसी जनता देख्न चाहेको छ ।'

सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताए । ज्येष्ठ नागरिक, युवा, किशोर किशोरी र बालबालिका सबै एमालेप्रति आकर्षित भइरहेको बताए । देशभरमा नै पार्टी प्रवेशको लहर नै चलेको उनको भनाइ छ । उनले भने, “ज्येष्ठ नागरिकको आर्सीवाद एमालेसँग छ भने युवाको आशा र भरोसा छ ।”

देश र विदेशमा रहेका नेपालीको मनमा एमाले रहनु नै सफलता भएको पूर्वप्रधानमन्त्री ओलीले बताए । सरकारमा रहँदा गरेका कामभन्दा पनि सबैको मनमनमा एमाले छाउनु ठूलो सफलता भएको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ