arrow

कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९६३ ले लिए सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
KMC-Health-Camp-(3).jpg

काठमाडौंं । काठमाडौंको कीर्तिपुर नगरपालिका १० मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कीर्तिपुर नगरपालिका, काठमाडौं सक्रिय युवा समूह र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कीर्तिपुर गेट कभर्डहलमा सञ्चालन भएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको रक्त परीक्षण, १६७ जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ३१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ