arrow

मनाङमा जीप दुर्घटना, तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
jeep accident.jpg

लमजुङ । मनाङमा शुक्रबार बिहान जीप दुर्घटना भएको छ । सो दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा जिप चालक, जिपमा सवार एक महिला र उनका दुई वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको जनाइएको छ ।

चामेबाट पाइप लगायतका सामग्री बोकेर बेशीसहरतर्फ आउँदै गरेको ग३च ३४७० नम्बरको जीप तालडाँडामा दुर्घटना भएको हो ।

ब्रेक फेल भएर जीप दुर्घटना भएको बताइएको छ । जीप सडक छेउमै पल्टिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ