arrow

केशव स्थापितले दिए पदबाट राजीनामा, एमालेका तर्फबाट महानगरको उम्मेदवार बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
keshav-sthapit1.jpg

बागमती । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । 

उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिए । 

यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

उनीहरू दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ