arrow

एमालेका नेता लामा जसपा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
lama-jasapa.PNG

वीरगञ्ज  । नेकपा एमालेका प्रभावशाली नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा सुदिप लामाले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।

पर्सामा नेकपा एमालेले कम्युनिष्ट सिद्धान्त विपरित काम गरिरहेको र पार्टीमा पुँजीवादीहरु हावी भएको आरोप लगाउँदै लामाले पार्टी परित्याग गरेका हुन् । लामाको प्रवेशले एमालेलाई ठूलो क्षति पुग्ने देखिएको छ । वीरगञ्जको शहरी क्षेत्र भित्र मतदातामा राम्रो पकड भएका लामाले जसपा प्रवेश गर्दा एमालेको ठूलो भोट बैंकमा समेत असर पर्ने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

लामालाई आइतबार पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद् प्रदीप यादव र जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका छन् ।

नेकपा एमाले पर्साका केही व्यक्तिले पार्टीलाई एकलौटी तरिकाले चलाएर नवप्रवेशीहरुलाई प्रथामिकतामा राखी वर्षौंदेखि पार्टीमा लगानी गरेकाहरुलाई वेवास्ता गरेको लामाले बताए । ‘नेकपा  एमाले पर्सा अब कम्युनिष्टहरुको पार्टी रहेन । यहाँ पुँजीवादहरु हावी भएका छन् । एकजना व्यक्तिलाई जिताउन सबैलाई वेवास्ता गरिरहेका छन्,’ लामाले यात्रा डेलीलाई भने, ‘यसरी पार्टी दिर्घकालिन समयसम्म चलन सक्दैन । पार्टी समाप्त हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ