arrow

काठमाडौं महानगरपालिका : एमालेका मेयर-उपमेयरले गरे उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
ISTHAPIT-.PNG

काठमाडौं ।  स्थानीय तह २०७९ का लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् ।  रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताइन् । एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ