arrow

भागवण्डा नमिलेपछि जसपाद्वारा हेटौंडामा उम्मेदवारी दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
jasapa-canideds.PNG

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि जनता समाजवादी पार्टीको तर्फबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएकी छन् । 

त्यस्तै उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दिएका छन् । 

हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार जसपाले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

 भागवण्डा नमिलेपछि ५ दलीय गठबन्धनबाट बाहिरिँदै आफू एक्लै चुनाव लड्ने जसपाले जनाएको छ । 

हेटौंडाको सबै वडामा जसपाले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ