-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि जनता समाजवादी पार्टीको तर्फबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।
त्यस्तै उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दिएका छन् ।
हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार जसपाले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।
भागवण्डा नमिलेपछि ५ दलीय गठबन्धनबाट बाहिरिँदै आफू एक्लै चुनाव लड्ने जसपाले जनाएको छ ।
हेटौंडाको सबै वडामा जसपाले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ ।