- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नायब सुब्बा देवीबहादुर थापाविरुद्ध अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । भन्सार जाँचपास कार्यालयमा कार्यरत नासु थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
उनी विरुद्ध एक करोड ८७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको कसुरमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी २०५६ साउन ५ मा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरेका थिए ।
थापाले २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानूनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीविरुद्ध अकूत सम्पत्ति बराबरको बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदावी गरिएको छ ।
भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेमा नासु पदमा कार्यरत थापाले पेश गरेको सम्पत्ति विवरण र अनुसन्धान गर्दा खुलेका तथ्यबीच तालमेल नदेखिएको र अनुसन्धान गर्दै जाँदा करिब २ करोड रुपैयाँ बराबरको चल अचल सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।
स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।