arrow

अध्यक्ष उठ्न एमालेले पठाएका उम्मेद्वार उपाध्यक्षमा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
local-level-election-12345.jpg

पोखरा । नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध भएका छन् । एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो । तर उनी उपाध्यक्ष बनेका हुन् ।

अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामासहित ३ जना उठेका छन् । कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भए । बाँकी २ वडामा २र२ जना उठेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ