- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ट्विटरका संस्थापक ज्याक डोर्सीले ट्विटर कम्पनीका रुपमा रहनका लागि एलन मस्क नै उचित व्यक्ति भएको बताएका छन् । ४४ अर्ब डलरमा ट्विटर मस्कलाई बेचिएपछि उनको समर्थन गर्दै संस्थापक डोर्सीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले ट्विटरलाई एक उचित प्लेटफर्म बनाउन मस्क र निवर्तमान सीईओ पराग अग्रवाल सही मान्छे भएको समेत टिप्पणी गरेका छन् । उनले ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘ट्विटर कम्पनी मेरा लागि सधैँ एक मात्र मुद्दा र ठूलो पश्चात्तापको विषय बनेको छ । त्यसमा वालस्ट्रिटको स्वामित्वमा रहनु र विज्ञापनको मोडल प्रमुख विषय हो । वाल स्ट्रिटबाट फिर्ता ल्याउनु पहिलो सही कदम हो ।’
In principle, I don’t believe anyone should own or run Twitter. It wants to be a public good at a protocol level, not a company. Solving for the problem of it being a company however, Elon is the singular solution I trust. I trust his mission to extend the light of consciousness.
— jack⚡️ (@jack) April 26, 2022
उनले अघि भनेका छन्, ‘सैद्धान्तिक रूपमा ट्विटर कसको स्वामित्वमा छ र कसले सञ्चालन गरिरहेको छ भन्ने कुराले मलाई फरक पार्दैन । प्रोटोकलको तहमा यो सार्वजनिक हितमा हुनुपर्छ, न कि कम्पनीको । जेसुकै भए पनि मलाई विश्वास छ, एलन मस्क कम्पनीको एक मात्र समाधान हुन् । मलाई विश्वास छ, चेतनाको ज्योति फैलाउने उनको लक्ष्य छ ।’