- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छिन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।
कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरिन् । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे ।
यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचित अध्यक्ष पेमाले खेलाडीको मागअनुसार नै आफू भारी मतले विजयी भएको प्रतिक्रिया दिइए । ‘खेलाडीको चाहनाअनुसार नै आएको छु । सबैलाई बधाई दिन चाहन्छु’ पेमाले भनिन् ।
यससँगै एन्फाअन्तर्गत चार संघको निर्वाचन पूरा भएको छ । खेलाडी संघमा विक्रम लामा, प्रशिक्षक संघमा राजेन्द्र तामाङ र रेफ्री संघमा बुद्धि गुरुङ सर्वसम्मत अध्यक्ष चुनिए ।