arrow

एमालेमा पुरानावाद, चर्को असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
uml-flags.jpg

काठमाडौं । नेकपा एमालेले अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई दोहोर्याएको भन्दै पार्टी कार्यकर्तामा असन्तुष्टि बढेको छ । केही स्थान बाहेक धेरै स्थानीय तहमा एमालेले पुराना अनुहारलाई दोहोर्याएको र त्यसबाट मतदातामा जान असजिलो भएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् । 

७५३ मध्ये अधिकांश स्थानीय तहमा पुराना अनुहार दोहोरिएकोमा एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरुले पनि असन्तुष्टि जनाएका छन् । कतिपय स्थानीय तहमा केन्द्रीय सदस्यहरुले उम्मेदवार हुन आकांक्षा व्यक्त गरे पनि नपाएको अवस्था आएको छ । 

धेरैजसो जिल्लामा पार्टीका जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य तथा महानगर र उपमहानगरमा भने केन्द्रीय सदस्यहरु उम्मेदवार भएका छन् । पोखरा महानगरपालिका, काठमाडौं महानगरपालिका जस्ता स्थानीय तहमा केन्द्रीय सदस्यहरु उम्मेदवार भएका छन् । 

काठमाडौं महानगरपालिकामा पार्टी कार्यकर्ता भन्दा बाहिरको व्यक्तिले उम्मेदवारी पाएकोमा असन्तुष्टि उत्पन्न भएको छ । यसैगरी पर्सा, मोरङ र सोलुखुम्बूमा पनि पार्टी कमिटी भन्दा बाहिरका व्यक्तिहरुले टिकट पाएको असन्तुष्टि व्यक्त गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले पार्टीभित्र कहीँ कहीँ असन्तुष्टि आउनु स्वाभाविक भएको बताए । उनले धेरै स्थानमा कुराकानी मिलिसकेको बताएका छन् । 

‘पार्टी एकै स्वरमा, एक ढिक्का भएर चुनावमा खटेको छ कहीँ कहीँ टिकट वितरणमा देखिएको असन्तुलन पनि मिलिसकेको छ’, कार्यालय सचिव अधिकारीले  भने । उनका अनुसार पार्टीले अहिलेको अवस्थामा एउटै लयमा अघि बढेको छ । 

खासगरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको लाइन फरक परेका कारण पनि उम्मेदवारी छनौट प्रकृया बिग्रेको कार्यकर्ताहरुले बताएका छन् । महासचिव निकट रहेका जिल्ला अध्यक्ष र प्रदेश कमिटी सदस्यहरुलाई दोहोर्याएर टिकट दिँदा उपाध्यक्ष पौडेल निकट रहेका नेताहरु पनि दोहोरिए ।

दुवैले आफ्ना समूहका नेताहरु च्यापेका कारण यसअघि स्थानीय तहमा काम गरेका, पराजित भएका र पटक पटक लाभको पदमा बसेका नेताहरुले अवसर पाउँदा नयाँ पुस्ताका नेताहरु र अवसर नपाएका नेताहरु यसपटक बञ्चिन भएका हुन् ।

‘कति संख्यामा दोहोरिए भन्ने रेकर्ड त आइसकेको छैन तर साथीहरु दोहोरिनु भएको छ । कोही पपुलर भएर दोहोरिनु भएको छ । कोही यसअघि पराजित भएका कारण दोहोरिनु भएको हो । अब केही दिनमा त्यसको रेकर्ड आउनेछ’, कार्यालय सचिव अधिकारीले भने । 

पछिल्लो पटक एमालेभित्र बाहिरबाट आएका व्यक्तिहरु हावी भएको भन्दै असन्तुष्टि चुलिएको थियो । एमाले नता कार्यकर्ताहरुले बाहिरबाट आएका व्यक्तिहरुलाई असहयोग गर्ने बताइरहेका छन् । 

साथै १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुलाई साथ दिनेहरुले पनि स्थानीय तहमा टिकट नपाएका कारण थप असन्तुष्टि बढेको छ ।



नयाँ