arrow

जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
karki-nirnaya.PNG

काठमाडौं ।सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
 
हाललाई परीक्षणका रूपमा लागू हुने गरी शनिवार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिए । 

उनले बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिए ।

विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक बिदाको समय बढाएको हो । 

यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ