arrow

'छोड्दिनुस् सूर्यलाई अर्को पटक भोट हाल्नुहोला'

सृजना सिंहलाई मतदान गर्न  गगन थापाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
gagan-thapa16.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरमा मेयर पदकी उम्मेदवार सृजना सिंहलाई मतदान गर्न आग्रह गरेका छन् । महानगरमा कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम बोल्दै थापाले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले भने,' हामी जो काठमाडौं बदलन चहान्छौ । सा साना कुरा बुझ्ने मेयर खोजेका छौ । वहाँ त्यस्तो मेयर हुनुहुन्छ । म आम मतदातालाई आग्रह गर्न चाहन्छु सृजना सिंहलाई भोट हाल्नुस् । मैले चिनेको सृजना सिंह सरल हुनुहुन्छ । वहाँले महानगरलाई घर जस्तै चलाउनुहुनेछ ।' 

उनले भने 'हामीले सङ्घमा प्रदेशमा हाम्रो सरकार बन्यो । तर काठमाडौं मेयरको प्रमुख नहुँदा कस्तो हुँदो रहेछ भन्ने कुरा हामीले भोगेका छौ ।' 

 उनले एमालेका मतदातालाई पनि सिंहको पक्षमा मत हाल्न आग्रह गरेका छन् । 'अघिल्लो पटक सूर्यमा भोटहरू हालेका महिलाले सम्झनुस् । मेयरमा महिला भए कस्तो होला बिचार गर्नुस्  । छोड्दिनुस् सूर्यलाई अर्को पटक हाल्नुहोला । '  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ