- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनोट सम्पन्न भएको छ । नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गतेदेखि तीन दिनसम्म ललितपुरको रिभाइभ लिजर पार्कको कभर्डहलमा गरेको छनोटबाट उच्च १० वरीयता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
उनले कोटा निर्धारण पश्चात यहि छनोट भएका खेलाडीबाट एसियाली खेलकुदका लागि वरीयताका आधारमा खेलाडी छनोट गर्ने जानकारी गराए । छनौट प्रतियोगिताबाट पुरुष तर्फ प्रथम स्थानमा बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहेका छन् ।
यस्तै दोश्रो नम्बरमा नविन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो वरीयताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौमा सुदीप सेढाई रहेका छन् ।
यस्तै महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौ, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहेका छन् ।