- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्याम्पियनशिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।
अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भइन् ।