- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा विशाल गुरुङ निर्वाचित भएका छन् । मंगलबार भएको अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट गुरुङ निर्वाचित भएका हुन् ।
पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र महासचिव बिशाल गुरुङबीच भएको प्रतिस्पर्धामा गुरुङले ६ र श्रेष्ठले ४ मत प्राप्त गरे । ११ क्लव सदस्य रहेको एन्फामा एउटा मतपत्र खाली भएपछि बदर भएको थियो ।
एन्फाको उपाध्यक्षमा सन्दिप पन्थी, विकास तामाङ कमल पोखरेल चयन भएका छन् । तीनवटा उपाध्यक्षका लागि चार जना प्रतिस्पर्धामा थिए ।
सदस्यहरुमा छितिज गुरुङ, अमित खत्री, सुजन तामाङ, सबिन केसी, रबिन थापा, सिमोन श्रेष्ठ, जिबन गुरुङ अनिल श्रेष्ठ चयन भएका छन् । सदस्यमा १४ जना बिच प्रतिस्पर्धा भएको निर्वाचन अधिकृत स्थानेश्वर दवाडीले बताए ।