arrow

सौर्य उर्जाबाट क्रिप्टो माइनिङलाई उज्वेकिस्तानले दियो कानूनी मान्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
uzbekistan-cryptocurrencies-solar-power.jpg
फाइल तस्बिर

काठमाडौं। उज्वेकिस्तानले सौर्य ऊर्जाको प्रयोग गरेर गरिने क्रिप्टोकरेन्सीहरूको माइनिङलाई कानुनी मान्यता दिएको छ। ब्लकचैनमा बिटक्वैन, इथेरियम जस्ता क्रिप्टोकरेन्सीको कारोबार अथवा लेनदेनको व्यवस्थापन गर्न बलिया कम्प्युटर सिस्टम प्रयोग गरेर काम गर्ने गरिन्छ यसैलाई माइनिङ भनिन्छ। माइनिङ गर्ने व्यक्तिले रिवार्ड स्वरुप क्रिप्टोकरेन्सी प्राप्त गर्छ। उज्वेकिस्तानले सौर्य उर्जाको प्रयोग गरेर क्रिप्टाकरेन्सीको माइनिङ गर्न कानुनी मान्यता दिएको हो।

माइनरहरुलाई आफ्नै सोलार प्यानलको प्रयोग गरेर माइनिङ गर्ने अनुमति दिएको हो भने यस्तौ त्यहाँ सञ्चालनमा रहेका सबै स्वदेशी र विदेशी माइनिङ कम्पनीलाई आयकरमा समेत छुट दिएको छ।

राष्ट्रपतिद्वारा जारी आदेशमा कम्पनीहरुले वैकल्पिक रूपमा दोब्बर मुल्य तिरेर बिजुली प्रयोग गर्न पाउने र पीक समयमा अझ थप शुल्क तिर्नुपर्ने जनाएको छ।

माइनिङका लागि कुनै लाइसेन्स नचाहिने तर कम्पनी रजिस्टर भने हुनुपर्ने भएको छ। उज्बेकिस्तानले सन् २०१८ मा देशभित्र क्रिप्टोकरेन्सी व्यापारलाई वैधानिकता दिएको थियो। त्यसयता मध्य एसियाली राष्ट्रले सौर्य र वायु ऊर्जा प्लान्टहरूसहित नवीकरणीय ऊर्जा परियोजनाहरूको एक श्रृंखला सुरु गरेको छ।

संयुक्त राज्य अमेरिका पछि बिटक्वाइन माइनिङका लागि विश्वको दोस्रो ठूलो केन्द्र बनेको छिमेकी कजाकस्तानले पुरानो कोइला पावर प्लान्टहरूको प्रभुत्वमा रहेको यसको पावर ग्रिडलाई तनावपूर्ण बनाएपछि गत वर्ष माइनिङमा क्र्याक डाउन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ