arrow

प्रधानसेनापति शर्माले दिए भारतीय समकक्षी पाण्डेलाई बधाई तथा शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
nepal-inda-army.jpg

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन्। भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा बुधवार भिडियो कन्फरेन्स मार्फत शर्माले उनलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना दिएका हुन्। 

प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पांडेको कार्यकालमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त  गरेका थिए।

‘उक्त अवसरमा भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डेलाई प्रधानसेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरी आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो,’ नेपाली सेनाले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ