arrow

पाण्डेलाई शर्माले दिए बधाई, सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
Prabhuram-sharma-army-chief.jpg

काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकामा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उनको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति गरेको आमन्त्रण स्वीकार गर्दै उनले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ