arrow

श्रेष्ठले प्रचण्ड र माधवलाई भने –कांग्रेसले धोका दिन्न तपाईहरुले पनि विश्वास दिलाउनुस् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
279510683_735112977860557_8769943830202481218_n.jpg

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले पार्टीले पाँच दलीय गठबन्धनलाई धोका नदिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि धोका नदिन आग्रह गरेका छन् । 

चितवनमा बिहीबार भएको पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले दिएको निर्देशन चितवनमा कांग्रेसले पूर्ण पालना गर्ने तर प्रचण्ड–नेपालले पनि त्यसलाई पालना गर्न जोड दिएका हुन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई जिताउन गठबन्धन गरेको कांग्रेसले पूर्ण भूमिका खेलेको स्मरण गराउँदै श्रेष्ठले माओवादीले भने तीन महिनापछि नै गठबन्धन तोडेको भन्दै त्यो धोका नदिन आग्रह गरेका हुन् । 

उनले यो गठबन्धनलाई बलियो बनाउन भोलिदेखि चितवनका २९ वटै वडामा गठबन्धन गरेर प्रचारप्रसारमा हिँड्ने पनि विश्वास दिलाए । 

चितवन महानगरपालिकामा कांग्रेस नेता पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका अवस्थामा उनले पनि उम्मेदवारी फिर्ता लिएर केन्द्रको निर्देशन पालना गर्नेमा श्रेष्ठले विश्वास गरेको बताए । 

कार्यक्रममा बोल्ने नेताहरुले गठबन्धनका लागि एक ढिक्का भएर लाग्ने तर केन्द्रमा पनि गठबन्धन एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । 

सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उपस्थित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ