arrow

रवीन्द्र अधिकारीको ५३ औं जन्मजयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
rabindra adhikari.jpg

पोखरा । नेकपा एमालेका नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  स्व. रवीन्द्र अधिकारीको ५३ औं जन्म जयन्ती पोखरामा मनाइएको छ । 

जन्मजयन्तीका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा महानगरपालिका वडा नं. १८ स्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । 

रवीन्द्रको सम्झना गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले रवीन्द्र एक कुशल संगठक तथा विकासका अभियन्ता भएको बताए । उनले जस्तासुकै कठिनाइमा पनि नहतारिई कन उत्कृष्ट निर्णय लिन सक्ने र विचारको सही प्रवाह गर्न सक्ने नेताका रूपमा रवीन्द्रलाई चित्रित गरे ।

एमालेका पोलिट्ब्युरो सदस्य जगत विकले सहकर्मीको रूपमा मात्रै नभएर एक कुशल नेताको रूपमा रवीन्द्र स्थापित भएको अवस्थामा अल्पायुमै गुमाउनु पर्दा ठुलो क्षति भएको उल्लेख गरे ।

रवीन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले अधिकारीको नाउँमा अक्षयकोष स्थापनाको काम शुरु भएको र त्यसबाट प्राप्त रकमबाट बर्सेनी विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिने जानकारी दिइन् ।

उनले संसद्मा रवीन्द्र नामक पुस्तक प्रकाशन रवीन्द्रकै जन्म जयन्तीमा गर्ने लक्ष्य राखिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगित गर्नु परेको भन्दै निर्वाचन लगत्तै सो काम शुरु हुने बताइन् ।

नेकपा एमाले कास्कीका नेता दामोदर वैरागी, प्रतिष्ठानका सचिव पुष्प ज्योति ढुङ्गाना, प्राध्यापक डा. भरतराज पहारी, एमाले पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापा लगायतले रवीन्द्रले राजनीति, विकास र समाज विकासमा पुर्‍याएको योगदानको चर्चा गरेको थिए ।



नयाँ