arrow

रेणु दाहालले अबको पाँच वर्षमा फिल्म देखाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
renu-dahal-2079.jpg

भरतपुर । नेकपा माओवादी केन्द्रकी नेतृ एवं भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले अबको पाँच वर्षमा आफूले फिल्म देखाउने बताएकी छिन् । 

निवर्तमान मेयरसमेत रहेकी दाहालले बितेको पाँच वर्षमा आफूले चितवनमा कामको ट्रेलर मात्रै देखाएको भन्दै अबको पाँच वर्षमा फिल्म देखाउने बताएकी हुन् । 

भरतपुरमा भइरहेको पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफूले पाँच वर्षमा सकेसम्म काम गरेको भन्दै अबको पाँच वर्षमा बाँकी रहेका कामहरुलाई पूर्ण गर्ने वचन दिइन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा रेणु दाहाललाई जिताउन कांग्रेसले गठबन्धन गरेको थियो । उनले अब पाँच दलीय गठबन्धन नतोडिने भन्दै यसलाई थप सशक्त बनाएर अगाडि बढ्नु पर्ने बताइन् । 

शिक्षा, स्वास्थ्य र निर्माणमा धेरै काम गरेकोसमेत सम्बोधनका क्रममा सुनाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ