arrow

कांग्रेसको गठबन्धनमात्र सफल भएको छ – शंकर भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
shankar-bhandari-2079.jpg

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली कांग्रेससँगको गठबन्धनमात्रै सफल भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्ने क्रममा नेता भण्डारीले २०४६ सालदेखि अहिलेसम्म कांग्रेसको नेतृत्वको गठबन्धनमात्रै सफल भएको बताएका हुन् । 

उनले सधै राजनीतिक विषयमा मात्रै झैं–झगडा हुने गरेको भन्दै अब देश बनाउने बेला आएको भन्दै पाँच दलीय गठबन्धनलाई सफल बनाउँदै देशभर देश बनाउनका लागि अगाडि बढ्नु पर्ने बताए । 

उनले देशलाई आर्थिक सम्वृद्धितर्फ अगाडि बढ्नका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल बनाउनका लागि गठबन्धन एक ढिक्का भएर लाग्नुपर्ने नेता भण्डारीले बताए । 

उनले चितवन कांग्रेसको असन्तुष्टि असारभित्रै सम्बोधन गरिने भन्दै अहिले गठबन्धनलाई जिताउन लाग्न पनि आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ