arrow

भलिबल क्लब लिगमा पुलिसको अपराजित यात्रा जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
volleyball-club-nepal-2079.JPG

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी रहेको छ । छैटौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बिहीबार पनि महिलातर्फ पुलिसले जित निकाल्दै अपराजित यात्रालाई कायमै राखेको हो ।

पुलिसले प्रतिभा माली बेगर खेलेको न्यू डायमण्डलाई २५–११, २५–१७, २५–५ ले पराजित गरेको हो । पुलिसले आफूले खेलेको तीन खेलमा तीनै खेलमा जित हात पारेको छ । यससँगै पुलिसको लिगमा ९ अंक भएको छ ।

यस्तै बिहीबार नै भएको महिलाको अर्को खेलमा अर्को विभागिय टोली एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित ग-यो । एपिएफको तीन खेलबाट ६ अंक भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल क्लब लिगमा पुरुषतर्फ गलकोट स्पोर्टस् क्लब र हेल्प नेपालले जित निकाले । गलकोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ सेटमा पराजित गरेता पनि अंक बाढ्न बाध्य भयो । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो । गलकोटको यो जित संगै २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ ।

बिहीबारै सम्पन्न अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबमाथि ३–० को जित निकाल्यो । हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो । यस संगै हेल्प नेपालको ११ अंक भएको छ । यस्तै सेनाको १२ अंक भएको छ । हिजो ढिला गरि भएको प्रतिस्पर्धामा सेनाले ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गर्दै थप ३ अंक जोडेको थियो ।
 



नयाँ