arrow

अबको पाँच वर्ष विगतको जस्तो हुन दिँदैनौँ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
gagan-thapa-aggressive-evergreen.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताएका छन् । राजधानीको एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । 

उनले भने, “अबको पाँच वर्ष विगतको जस्तो हुन दिँदैनौँ । स्रोत साधनको दुरुपयोग हुन नदिन तथा सुशासन, पारदर्शिता अपनाउन मूलभूत ११ वटा मापदण्डका आधारमा स्थानीय संयन्त्र परिचालनको अवधारणा अघि सारिएको छ । यसले अबको पाँच वर्ष के गर्ने भन्ने प्रष्ट खाका तयार गरेको छ ।”

उनले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताए ।

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको उनले बताए । महामन्त्री थापाले संविधानको मौलिक हकमार्फत जनतामा गरेको वाचाको पूर्ण कार्यान्वयन गर्न कांग्रेसले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ