arrow

ह्वान्झाउ एसियाड सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
hangzhou-asian-games.jpg

काठमाडौं । चीनको ह्वान्झाउमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड) सन् २०२३ सम्मका लागि सरेको छ । आगामी सेप्टेम्बर १० देखि २५ तारिखसम्म आयोजना हुने तालिका रहेको भए पनि एसियाली ओलम्पिक परिषद (ओसीए) ले अर्को वर्षसम्मका लागि स्थगित गरिएको शुक्रबार जनाएको रोयटर्सले लेखेको छ । 

कोरोना भाइरसको महामारीका कारण एसियाड सार्नुपरेको पनि जनाइएको छ । ओसीएका कार्यबाहक अध्यक्ष रणधिर सिंहले एसियाड तत्कालका लागि स्थगित गरिएको जनाएका हुन् । 

उनले चीन कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँग जुधिरहेका कारण एसियाड स्थगित गर्नुपरेको पनि जनाएको रोयटर्सले लेखेको छ । 

यसअघि ह्वान्झाउ आयोजकले गत अप्रिलको शुरुआतमै ५६ प्रतिस्पर्धा स्थल तयार भइसकेको जनाएको थियो । 

यो एसियाडका लागि ४४ देश र क्षेत्रका ११ हजार बढी खेलाडीले सहभागीता जनाउँदै छन् । 

नेपालले यही जेठ २२ गतेदेखि गण्डकी प्रदेशमा आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आसन्न एसियाडलाई नै लक्षित गरेर खेलाउँदै थियो । तर प्रतियोगिता नै सरेपछि नवौं राष्ट्रिय प्रतियोगितामा पनि असर पर्ने देखिएको छ । 



नयाँ