arrow

बागीलाई बाँके एमालेले गर्‍यो कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
uml-flag.png

नेपालगञ्ज । नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । 

पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ-१ का विजय चन्द, खजुरा-३ का विकास काउचा मगर, राप्तीसोनारी-१ का पदम ओली, पूर्वजिल्ला कमिटी सदस्य नेपालगञ्ज महानगरपालिका-१० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी-५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा-६ का हिरामान श्रेष्ठलाई कारबाही गरेको एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए। 

नेपालगञ्ज-५ का वडा कमिटी उपाध्यक्ष रमजान अन्सारी, नेपालगञ्ज-६ का वडा कमिटी सदस्य मदनराज शर्मा, नेपालगञ्ज-६ का वडा कमिटी सदस्य हितेश भारतीलाई कारवाही गरिएको अध्यक्ष कक्षपतिले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ