arrow

गठबन्धनविरुद्ध बोल्ने कांग्रेसीलाई कारबाही हुन्छ : सभापति देउवा

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख २४ शनिबार
sher-bahadur-deuba-janakpur.jpg

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्ने कांग्रेसीलाई कारबाही हुने चेतावनी दिएका छन् । शनिबार पाँच दलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराएका हुन् । 

गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान नरहेको भन्दै देउवाले ‘कारबाही गरेर निकाल्ने बताए । बागी उम्मेदवारलाई धमाधम कारबाही गरेको गर्दै देउवाले यस्तो जानकारी दिएका हुन् । 

‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला। निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’  देउवाले भने । यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने आश्वासन दिएका छन् ।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली निरंकुश बन्न खोज्दा गठबन्धन बनेकोसमेत जानकारी गराए । ‘षड्यन्त्र फेरि शुरु भयो। केपी शर्मा ओलीजीले फेरि अर्को ज्ञानेन्द्र राजा बन्न कोसिस गरे । संसदमा विरोध गरे संसद भंग गरिहाल्ने। अदालतबाट ल्याए फेरि भंग गर्ने,’ देउवाले भने, ‘अहिलेको संविधानमा संसद भंग नहोस् भन्नका लागि धेरै क्लजहरु राखिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ