arrow

इस्मामा भगत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
bhagat-sing.PNG

गुल्मी। भगतसिंह खड्का उमेरले ३६ वर्षका भए । सानै देखि नेतृत्वमा अब्बल खड्का अहिले स्थानीय तहको चुनावी मैदानमा होमिएका छन् । नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट समाजसेवामा सक्रिय खड्का स्पष्ट वक्ताको रूपमा परिचित छन् । खड्काले नेतृत्व गरेका थुप्रै सङ्घ-संस्थाहरू पूर्ण रूपमा सफल भएका छन् । प्रत्येक युवाले आफ्नो ढुकढुकीमा लिएका खड्का दूरदर्शी नेताका रूपमा चिनिन्छन् । 

सानै उमेरमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सचिव भएका खड्का नेपाली काँग्रेसको क्षेत्रीय सदस्य हुँदै क्षेत्रीय सह-सचिव र २०७२ सालमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.-२, को सभापति भएका थिए । यस अघि नेपाली काँग्रेस गुल्मीको आठौँ अधिवेशनबाट अत्यधिक मतसहित जिल्ला सचिवमा निर्वाचित भएका छन् । 

१९ वर्ष अध्यापन पेशामा आबद्ध खड्कासँग थुप्रै शैक्षिक सङ्घ-संस्थाको नेतृत्व गरेको मिठो अनुभव छ । खड्का क्रियाशीलता, स्पष्टता, सक्रियता, दुरदर्शीता र नेतृत्व क्षमतामा अब्बल भएकाले नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत इस्मा गाउँपालिकाको अध्यक्षको लागि उम्मेदवार बने । सत्ता बाहिर रहेर पनि इस्माको विकासका लागि निरन्तर खट्ने खड्का इस्माबासीका आशाका केन्द्रबिन्दु हुन् । जनताको स-साना कामको लागि घर-घरमा पुगेर सेवा गर्ने खड्का इस्माबासीले रुचाएका नेता हुन् । 

खड्का अहिले इस्मा गाउँपालिकाका घर-घरमा मतदातालाई भेट्न निकै व्यस्त छन् । जनताका साना-साना समस्या देखि गौरव गर्न लायक विकासका एजेण्डासहित चुनावी घरदैलोमा हिँडेका खड्कालाई इस्माबासीले जिताएर पठाउने प्रतिबद्धता गरेका छन् । खड्काले इस्मालाई समुन्नत गाउँपालिका बनाउन आफू प्रतिबद्ध रहने पनि इस्माबासीसँग बाचा गरेका छन् । 

इस्माली युवाहरूले देखेको समृद्ध इस्माको सपना खड्काबाट पुरा हुनेमा विश्वास व्यक्त गर्दै आएका छन् । खड्का पनि आम युवाको सपनालाई मध्यनजर गर्दै चुनावी मैदानमा होमिएको बताउँछन् । स्वच्छ छविका रूपमा सक्रिय नेता खड्काले इस्माबासीको सेवक बन्ने बताउँदै आएका छन् । खड्काले इस्मामा थुप्रै सम्भावना भएर पनि विकास नभएकोले आफू नेतृत्वमा आएर समुन्नत इस्मा गाउँपालिका बनाउनेमा विश्वस्त हुन समेत आम इस्माबासीलाई आग्रह गरेका छन् । 

खड्काले अवसर दिएमा आफूहरू इस्माली जनताको सेवक बन्ने बताएका छन् । पटक-पटक मन्त्री र सांसद भएको इस्मा गाउँपालिका भ्रष्टाचारको गन्धले दुर्गन्धित भएकोले भ्रष्टाचारको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको समेत बताए । ‘तीन दशकसम्म लगातार एउटा व्यक्ति सत्तामा रहेर पनि इस्माली जनताको आधारभूत आवश्यकता परिपूर्ति भएको छैन ।’ खड्काले भने,“जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि सत्तारुढ गठबन्धनलाई मतदान विनम्रता पूर्वक अपिल गर्दछु ।” ३० वर्षमा देशमा थुप्रै व्यवस्था फेरिएर नयाँ व्यवस्था आए पनि इस्मा गाउँपालिकामा जनताको अवस्था नबदलिएकोले यस पटक नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको इस्माबासीले बुझिसकेको खड्काले बताए । 

खड्काले आफूहरूसँग इस्मा गाउँपालिकालाई नमुनाका रूपमा अगाडि बढाउन थुप्रै योजना रहेको भन्दै पूर्ण रूपमा भ्रष्टाचारको अन्त्य गरी रोजगारीको सिर्जना गरेर गाउँपालिकालाई समृद्ध बनाउने योजनाहरू रहेको बताए । 

कानुन विषयमा स्नातक उत्तीर्ण २६ वर्षीय युवती पार्वती कुँवर आफ्नो समूहबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकोले आम इस्माबासीले आफूहरूलाई रोज्नुपर्ने खड्काको धारणा छ । उपाध्यक्षले न्यायिक क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने भएकोले यस विषयमा योग्यलाई नै उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएकोले आफूहरूको समूह नेतृत्वमा अब्बल रहेको खड्काको दाबी छ । 

इस्माको जगत फेर्ने भगतका योजना 
-   घर-घरमा स्वास्थ्य परीक्षण 
-   विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा 
-   निःशुल्क शिक्षा कार्यान्वयन 
-   निःशुल्क र सहज खानेपानी 
-   स्थानीय रोजगार 
-    कृषि र पशु बिमा 
-   कृषिमा उद्यमशीलता 
-   सडक स्तरोन्नति र कालोपत्रे 
-   पर्यटन पूर्वाधार विकास 
-   घरेलु उद्योगहरूको स्थापना
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ