arrow

केपी ओलीलाई गाली नै प्यारो, गठबन्धनलाई ‘बाँदर’ को संज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
kp oli pokhara.jpg

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न निर्वाचनमा गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

उनले पोखरामा गठबन्धनले भोटले जित्ने आधार नभएकाले मतपत्र च्यात्न सक्ने भन्दै कार्यकर्तालाई मतगणनाको बेला आँखा नचिम्लिन पनि निर्देशन दिएका छन् ।

एमाले पोखरा महानगरपालिका कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन पशुपतिको बाँदरजस्तै भएकाले मतपेटिका लुट्न सक्ने आरोपसमेत लगाए । 

‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोसेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँच वटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

पाँच दलीय गठबन्धनले कुनैपनि हालतमा निर्वाचन जित्न नसक्ने जिकिर गर्दै अध्यक्ष ओलीले चुनाव हार्ने देखिएपछि मतपत्र च्यात्ने, चपाउने र निल्ने जस्ता काम गर्न सक्ने आपोप लगाए । 

उनले भने, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

अध्यक्ष निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न पनि सझाव दिए । एमालेलाई प्रशासन र प्रहरीको सहयोग आवश्यक नपर्ने भन्दै उनले एमालेलाई मतदाताको सहयोग भए पुग्ने स्पष्ट पारे । उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । 

उनले भने, ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ