arrow

एमालेबाट कुटिए राप्रपाका उम्मेदवारसँगै परिवार

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख २६ सोमबार
280087936_1222343098305275_5328502011394542529_n.jpg

जनकपुरधाम । धनुषामा राप्रपाका वडा सदस्यका उम्मेदवारमाथि कुटपिट भएको छ । धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ । 

सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण गरेको उल्लेख गरेका हुन् । 

मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ। प्रवक्ता श्रेष्ठले यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न मागसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ