arrow

एमालेले मात्रै देशको विकास गरेको ओलीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
oli-birathnagar.jpg

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उनको दाबी थियो । 

अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टी विकासको पक्षमा लागेको उनको भनाइ थियो । उनले भने, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।” 

गठबन्धन स्वार्थका लागि भएको उनको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उनको दाबी थियो । 

दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उनले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ