arrow

सात वर्षदेखि पीडा खेपेको भन्दै गणेश थापाले कर्मा शेर्पामाथि लगाए चरित्रहत्याको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
ganesh-thapa-anfa.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पामाथि गम्भीर आरोप लगाएका छन् । उनले शेर्पाले आफ्नो चरित्र हप्ता गरेको आरोप लगाएका हुन् । 

एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुँदै गर्दा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले शेर्पाकै कारण आफूले पछिल्लो सात वर्षदेखि मानसिक पीडा खेप्नु परेको बताए । उनले सो कार्यक्रममा शेर्पाले लगाएका आरोपहरुको भिडियो क्लिपसमेत सार्वजनिक गरेका थिए । 

थापाले आफूमाथि लगाएका आरोप पुष्टि गर्न अध्यक्ष शेर्पालाई चुनौतीसमेत दिएका छन् । यसअघि पनि यही चुनौती दिँदै आएका थापाले निकै निराश मुद्रामा कहिले काहिँ त जीवन नै अन्त्य गरौं कि जस्तो लाग्ने गरेकोसमेत पीडा सुनाए । 

थापाले न्यायका लागि आफू आगामी जेठ ३ गतेबाट आरोपको विषयमा विभिन्न निकायमा जानेसमेत बताएका छन् । उनले शेर्पालाई पनि फिफाको नियमअनुसार कारबाही भोग्य तयार हुन सचेत गराएका छन् । 

एएफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट एक लाख डलर व्यक्तिगत सहयोग लिएसँगै उनलाई फिफाले २०७२ सालमा १० वर्ष प्रतिबन्धसहित २० हजार स्वीस फ्र्यांक जरिवाना गरेको थियो । 

यस्तो छ उनको विज्ञप्ति



नयाँ