arrow

एमालेको विरोधपछि मतगणनास्थल फेरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
Tanahu-hamrakura.jpg.jpeg

 तनहुँ । नेकपा (एमाले)ले विरोध जनाएपछि तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ । यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले)ले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताए ।

बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ