arrow

पक्राउ परेका धर्मेन्द्र बास्तोला छुटे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
dharmendra-bastola.jpg

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला छुटेका छन् । 

दाङको भालुवाङबाट पक्राउ परेका उनलाई प्रहरीले बुटवलको मिलनचोकमा भएको बम विष्फोट बारे सोधपुछ गरेर छोडेको हो । 

उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको थियो । 

नेत्र विक्रम चन्द विप्लवको पार्टीबाट अलग भएर वास्तोलाले अर्को पार्टी घोषणा गरेका छन् । 

विप्लवले निर्वाचन रोजेपछि वास्तोलाले अलग भएका हुन् । 

विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । 

यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौँ भनेर लेखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ