arrow

निर्वाचनको दिन कहाँ-कहाँ हुनसक्छ वर्षा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
weather-cloud.jpg
फाइल तस्बिर

काठमाडौँ। आज स्थानीय तहको निर्वाचन। तर, मुलुकका केही क्षेत्रमा वर्षाको आङ्कलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको आङ्कलन गरिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ