arrow

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानवअधिकार आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
National-Human-Rights-Commission.jpeg
फाइल तस्बिर

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ। शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रूपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन्। आयोगले गरेको अनुगमन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए।

‘आयोगले गरेको अनुगमन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको देखिन्छ’ मगरले भने। आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ। अध्यक्षसहितको सात वटा उच्चस्तरीय टोलीले मतदानको अनुगमन गरेको थियो। उनका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ। ७७ वटै जिल्लामा अनुगमन गरेको थियो।

आयोगका अनुसार देशका कतिपय निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ