arrow

नेटोमा सामेल हुन फिनल्याण्ड र स्वीडेनले दिए आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
sweden-finland-nato-application-formally.PNG

काठमाडौं । फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि बुधबार औपचारिक रूपमा आवेदन दिएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर दुवै नर्डिक देशले पश्चिमी सुरक्षा कवचका रुपमा हेरिएको नेटोमा सामेल हुने तयारी थालेका थिए ।

नेटोका लागि स्विडेनी र फिनल्याण्डका राजदूतले आफ्नो आवेदन पत्र हस्तान्तरण गरेको समारोहमा बोल्दै नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन्,'यो ऐतिहासिक क्षण हो, जसलाई हामीले सदुपयोग गर्नै पर्छ।'

अब, यो आवेदनलाई हालसम्म ३० सदस्य रहेको नेटो सदस्यीय संसदले अनुमोदन गर्न एक वर्षसम्म लाग्न सक्ने कूटनीतिज्ञहरूले बताएका छन् । नेटोले जतिसक्दो चाँडो गर्ने बताएको छ ।

हालैका दिनमा टर्कीले यी दुवै देशलाई नेटो सदस्य दिनबाट रोक्ने चेतावनी दिएको छ । ३० सदस्यमध्ये एउटै सदस्यले पनि विरोध गरेमा फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुन पाउने छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ