arrow

पुटिनको धम्कीले विश्व आणविक युद्धको चपेटामा पर्ने सम्भावना कति छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
vladimir-putin-nuclear-war-928391.jpg

काठमाडौं। पक्कै पनि भ्लादिमिर पुटिन विनाशकारी, एकल, कटिबद्ध रुसी महानताको आफ्नो संस्करणलाई पुनर्स्थापित गर्न युक्रेनमा आणविक हतियार प्रयोग गर्दैनन् होला । यसको जवाफ जसरी हामी पुटिनका धेरै कुरा थाहा पाउँदैनौं त्यसरी नै सम्भवतः नहोला भन्न सकिन्छ।

कयौं विश्लेषकहरुले युक्रेनमा रुसको युद्ध पुटिनले सोचे अनुरुपको नभएको बताइरहेका छन् । युक्रेनले रुसी सेनालाई सोचे भन्दा चर्को प्रतिरोध गरेको छ। सञ्चारदेखि आपूर्ति लाइन समन्वयसम्म मास्कोको कमजोर रणनीतिले यसको प्रगतिमा बाधा पुगेको पेन्टागनको भनाइ छ।

युक्रेनका पश्चिमी सहयोगीहरूले दिएको हतियारले यसको विजयको सम्भावनालाई बलियो बनाएको छ। पुटिनले युक्रेन युद्धमा संलग्न हुनेहरुले कहिल्यै नदेखेको परिणाम भोग्नु पर्ने चेतावनीले विश्व हल्लाएको थियो । जसरी उनको आणविक हतियार प्रयोग गर्ने भन्ने चेतावनीले विश्वभर चर्चा पाएको थियो ।

तर, अधिकांश राजनीतिज्ञ, आणविक हतियार विशेषज्ञ, पश्चिमी अधिकारीहरू र अनुभवी क्रेमलिन पर्यवेक्षकहरु युक्रेनमा रुसको रोकिएको आक्रामक गतिविधिलाई तोड्न उसले आणविक हतियार विस्फोट गर्ने सम्भावना कम रहेको बताउँछन् ।

‘यदि युक्रेन द्वन्द्व प्रष्ट रुपमा रुसी र युक्रेनी सेनाबीच रह्यो, पश्चिमले बढी प्रोक्सी भूमिका खेल्यो र द्वन्द्वमा पश्चिमी संलग्नता अहिलेको जस्तै रह्यो भने, म (पुटिनले आणविक हतियार प्रयोग गर्ने) कुनै सम्भावना देख्दिन’, कार्नेगी मस्को सेन्टर थिंक ट्यांकका निवर्तमान निर्देशक दिमित्री ट्रेनिनले भनेका छन् ।

वाशिंगटन आधारित सिल्भेराडो नीति एक्सेलेटर थिंक ट्याङ्कका रूसी मुलका अध्यक्ष दिमित्री अल्पेरोभिच ुआणविक हतियार अहिले बिषयवस्तु बाहिर रहेको बताउँछन् ।

युक्रेनमा रूसको आक्रमणको भविष्यवाणी गर्ने केही रुसी नीति पर्यवेक्षकहरू मध्येका एक अल्पेरोभिचले ‘यदि रुस र नेटो शक्तिहरूबीच वास्तविक तीव्र संघर्ष भयो भने, सबै बिषयवस्तुमा रहने’ बताएका छन् ।

तर खतरनाक आणविक चरणमा युद्ध प्रवेश गर्ने सम्भावना निकै कम रहेको उनको भनाइ छ । अमेरिकी सरकारले पनि यो विषयलाई धेरै हदसम्म यसै किसिमले हेरेको देखिन्छ ।

अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्सले हालै एक टिप्पणीमा भनेका छन्, ‘एक खुफिया समुदायको रूपमा रुसले आणविक हतियार तैनाथ गरिरहेको प्रयोगको तयारी गरिरहेको व्यवहारिक प्रमाण हामी देख्दैनौं ।’

हजारौं वारहेडहरू र एक आणविक हटलाइन

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभले सन् १९९० को नोबेल पुरस्कार स्वीकार गर्दै गर्दा गरेको भाषणमा ‘विश्वमा आणविक युद्धको जोखिम व्यावहारिक रूपमा हराइसकेको’ बताएका थिए ।

गत वर्ष जेनेभामा शिखर सम्मेलनको क्रममा पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि गोर्बाचेभ र तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन बीचको संयुक्त घोषणालाई  ‘आणविक युद्ध जित्न नसकिने र कहिल्यै लड्न नहुने’ भन्दै पुनः पुष्टि गरेका थिए ।

२ लाख भन्दा मानिसको क्षणभरमा ज्यान लिएको सन् १९४५ मा अमेरिकाले जापानी शहर हिरोशिमा र नागासाकीमा गरेको दुई आणविक बम विस्फोटपछि परमाणु हतियारको प्रयोगमा वर्जित भएको आणविक अप्रसार थिंक ट्याङ्क प्लौसेयरका एक पूर्व अध्यक्ष जोसेफ सिरिन्सियोनको भनाइ छ।

अमेरिका विश्वको एक मात्र देश हो जसले शत्रु विरुद्ध परमाणु हतियार प्रहार गरेको छ ।

‘केही मानिसहरूले सापेक्ष रूपमा कम विस्फोटक परमाणु हतियारको प्रयोग गर्न सक्छौं भन्ने किसिमका तर्क गरेका छन्, तर तिनीहरूले के सोच्दैनन् कि तपार्ई सूर्यको सतह भन्दा तातो विस्फोट बनाउँदै हुनुहुन्छ, मेगा फायर र विकिरण जसको तत्काल तीव्रता निकै उच्च हुन्छ र त्यसपछि लामो समयसम्म रहन्छ’,  सिरिन्सियोनले भने ।

वर्षौंको दौडानपछि वासिङ्टन र मास्कोले परमाणु युद्ध सिर्जना गर्न सक्ने जोखिम कम गर्ने उद्देश्यले प्रत्यक्ष हटलाइनहरू स्थापना गरेका छन्। सोभियत नेता निकिता ख्रुश्चेभले क्युबामा आणविक हतियार स्थापना गर्ने धम्की दिएपछि सन् १९६२ को क्युवाली मिसाइल संकटबाट हटलाइनको आवश्यकता बढेको थियो ।

‘दि क्विक ब्राउन फक्स जम्पड ओभर दि लेजी डग्स ब्याक १२३४५६७८९०’ यो म्यासेज टेलिटाइप मेसिनका सबै कुञ्जीहरूले काम गर्यो कि गरेन भनेर जाँच्न सन् १९६३ को अगस्ट ३० मा अमेरिकाले रुसलाई पठाएको थियो ।

त्यो पहिलो हटलाइन अहिले इन्क्रिप्टेड म्यासेज पठाउने हटलाइनमा अपग्रेड भइसकेको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेको केही समयपछि पेन्टागनले दुई आणविक शक्तिहरूलाई प्रत्यक्ष द्वन्द्वमा तान्नबाट रोक्न रुसी सैन्य कमाण्डरहरूसँग ‘डिकन्फ्लिक्शन हटलाइन’ स्थापना गरेको बताएको थियो। 

युक्रेन आफैं कुनै समय हजारौं आणविक हतियारहरूको घर थियो । सोभियत संघको भागको रूपमा आफ्नो समयबाट विरासतमा। तर सन् १९९१ मा स्वतन्त्र हुँदा अन्तर्राष्ट्रिय समुदायबाट सुरक्षा ग्यारेन्टीको बदलामा यसले ती सबै हतियार त्यागेको थियो । जुन निर्णय अहिले भाग्यशाली देखिन्छ ।

गत जनवरीमा अमेरिका र रुस न्यू स्टार्ट सन्धिलाई पाँच वर्षका लागि विस्तार गर्न सहमत भएका थिए । जुन सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले हस्ताक्षर गरेका थिए ।

यो सन्धिले प्रत्येक पक्षमा तैनाथ आणविक हतियारलाई १,५५० मा सीमित गर्ने लक्ष्य राखेको थियो भने प्रत्येक पक्षको मिसाइल र बमवर्षकहरूमा निश्चित प्रकारका प्रमाणित प्रतिबन्धहरू पनि राखेको थियो ।

यस्तोमा अमेरिका र रुसको बीचको सम्बन्ध निकै चिसो भए पनि यो सन्धि भने कायम रहने विश्वास गरिएको छ ।

फेडरेशन अफ अमेरिकन साइन्टिट्स थिंक ट्याङ्कका अनुसार, ‘शीतयुद्धदेखि नै आणविक हतियारको हतियार घटाउने काममा प्रगति भएता पनि विश्वको आणविक हतियारहरूको संयुक्त सूची एकदम उच्च स्तरमा रहेको छ।’

सन् २०२२ को शुरुसम्मको तथ्यांक अनुसार ९ देशहरूसँग लगभग १२ हजार ७ सय आणविक वारहेडहरू थिए । 

यीमध्ये लगभग ९० प्रतिशत आणविक हतियार अमेरिका र रुसको स्वामित्वमा छन् । यसमध्ये प्रत्येकसँग क्षेप्यास्त्र, विमान, जहाज र पनडुब्बीहरूबाट प्रयोग गर्न सकिने किमिसले ४,००० वारहेडहरू तयारी अवस्थामा छन् ।

 

पुटिनले के गर्लान् ?

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको सम्झनामा रुसले सोमबार आफ्नो विजय दिवस मनाएको बेला रेड स्क्वायरमा आणविक सक्षम ब्यालिस्टिक मिसाइलहरूले परेड गरेको थियो ।

पुटिनले आफ्ना फिनल्याण्डका समकक्षी साउली निनिस्टोलाई नेटोमा सामेल हुनु र फिनल्याण्डको तटस्थ स्थिति त्याग्नु ‘गल्ती’ हुनेछ भन्दै चेतावनी दिएका छन् ।

यद्यपि रुसको आधिकारिक आणविक सिद्धान्त भनेको यसले ‘अस्तित्वको खतरा’ सामना गर्यो भने मात्रै आणविक हतियारको प्रयोग गर्नेछ । यो सिद्धान्तलाई हालैका दिनहरुमा पुटिन र उच्च अधिकारीहरुले पनि दोहोर्याएका छन् । 

युक्रेनको सन्दर्भमा पोल्याण्ड जस्ता नेटो सदस्य द्वन्द्वमा परेको र रुस सैन्य रूपमा अभिभूत हुने जोखिममा रहेको परिदृश्यको सुझाव दिन यसलाई व्याख्या गरिएको छ।  युक्रेन नेटोको सदस्य होइन यद्यपि यसले गठबन्धनमा सामेल हुने आफ्नो इच्छा बारम्बार व्यक्त गरेको छ।

ुयस सिद्धान्तले केही अमेरिकी विश्लेषकहरूलाई यो निष्कर्षमा पुर्याएको छ कि रुसले एक ‘एस्केलेट टु डि–एस्केलेट’ रणनीति अँगालेको छ’, आणविक हतियार अनुसन्धानकर्ता एमी वुल्फले एक अनुसन्धान पेपरमा लेखेका छन् ।

सिनेट सशस्त्र सेवा समितिमा राष्ट्रिय खुफिया निर्देशक एभरिल हेन्सले मंगलबार पुटिनले ‘उनको महत्वाकांक्षा (युक्रेनमा) र रुसको वर्तमान परम्परागत सैन्य क्षमता बीचको बेमेलको सामना गर्नुपरेको’ टिप्पणी गरेकी थिइन् ।

हेन्सको टिप्पणीले नेटोको संलग्नता बिना नै युक्रेनमा रुसले ठूलो सैन्य खेपेको देखिरहेको छ ।

‘यदि पुटिनले आफूले जित्न नसक्ने महसुस गरे वा यदि युद्धले धेरै लामो समय लिइरह्यो भने रुस अन्य हतियारको प्रयोगमा जान सक्ने’ हेन्सको भनाइ छ । त्यसो हुँदा ‘तिनीहरू साइबर, आणविक, सटीक, आदि जस्ता चीजहरूमा बढी भर पर्न सक्छन्, र यो स्पष्ट रूपमा परिवर्तन हो’ उनले भनिन् ।

रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले बिहीबार आफ्नो टेलिग्राम च्यानलमा नेटोले सदस्यहरुले युक्रेलाई हतियार पठाइरहेको भन्दै युद्धलाई आणविक युद्धमा परिणत गर्ने जोखिम बढाइरहेको बताएका थिए ।

ओटावामा आधारित डाटा विज्ञान, सुरक्षा र खुफिया थिंक ट्याङ्क सेकडेभका संस्थापक रोबर्ट मुग्गाहले आणविक हतियारहरूसँग युद्ध लड्ने रुसको वास्तविक भोक अनिश्चितता र निहित अनुमानहरूमा आधारित रहेको बताएका छन् ।

हप्तौंदेखि रुसी राज्य मिडियाले आणविक सर्वनाशको प्रभावलाई चित्रण गर्ने युद्ध(उत्पन्न परिदृश्यहरू देखाउने कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।

ह्वाइट हाउसले अमेरिकीहरूले सम्भावित आणविक युद्धको बारेमा चिन्तित हुनु आवश्यक नरहेको र अमेरिकी सतर्कता स्तर परिवर्तन नभएको बताएको छ ।

डेफकन १ भनेको आणविक युद्ध शुरु हुँदैछ अथवा भइसक्यो भन्ने हो भने डेफकन ५ भनेको सामान्य स्थिति हो । अहिले अमेरिकी सुरक्षा विशेषज्ञहरूले डेफकन ३ को स्थितिमा विश्वास गरेका छन् ।

क्युबाको मिसाइल संकटका बेला डेफकन २ को स्थिति घोषणा गरिएको थियो । रुसको पनि आफ्नै किसिमको डेफकन भर्जन छ जुन गोप्य छ ।

प्लौसेयरहरका पूर्व अध्यक्ष सिरिन्सियोनले पुटिनले आणविक सतर्कताका लागि दिएको निर्देशन कुन हदसम्मको हो भन्ने कुरा अस्पष्ट रहेको बताएका छन् ।

मेटाकुलस एक अनलाइन अनुसन्धान समूहले विशेषज्ञ टिप्पणीको आधारमा परमाणु विनिमयको सम्भावनाहरू पहिचान गर्न खोजेको छ।

मेटाकुलसले सन् २०२२ मा अमेरिका र रुसबीच ०.३५ प्रतिशतमा पूर्ण स्तरीय आणविक आदानप्रदानको जोखिम अनुमान गरेको छ, जुन शीतयुद्धको समयमा अनुमान गरिएको वार्षिक जोखिम बराबर हो ।

यसले आधिकारिक कथनहरू र प्रकाशित सिद्धान्त बाहेक सेकडेभले स्ट्यान्डबाइ र अलर्टमा तैनाथ आणविक हतियारहरू ट्र्याक गर्न उपग्रह इमेजरी लगायतका विभिन्न जस्ता प्रमाणित खुला खुफिया इनपुटहरू प्रयोग गरेर यसको निष्कर्ष निकाल्छ ।

सेकडेभ मोडेलले सन् २०२२ मा रुसले आणविक हतियार विष्फोट गर्नसक्ने सम्भावना २० प्रतिशत देखाएको छ, जुन जानीजानी या संयोगबस हुनेछ ।

‘हाम्रो मोडेल गहिरो रूपमा अपूर्ण छ तर  मलाई आशा छ कि यो घुँडाको झट्का प्रतिक्रिया भन्दा सुधारित हो’, मुग्गाहले भनेका छन् ।

वासिङटनमा सेन्टर फर नेशनल इन्टरेस्ट थिंक ट्याङ्कका रुसी मुलका अध्यक्ष दिमित्री के. सिम्सले यस हप्ता पत्रकारहरूसँगको कुराकानीमा जोखिमलाई फरक ढंगले चित्रण गरेका छन् ।

‘हामी जति पटक चाहन्छौं भन्न सक्छौं यो रुस र युक्रेन बीचको युद्ध हो, रुस र अमेरिका र पश्चिमी युरोप बीचको युद्ध होइन। रूसमा शक्ति भएका धेरै थोरै मानिसहरूले यसलाई स्वीकार गर्छन्। उनीहरू विश्वास गर्छन् कि उनीहरू सैन्य गठबन्धनको सामना गरिरहेका छन्’, मास्कोको दुई हप्ताको भ्रमणबाट फर्केका सिम्सले भनेका छन् ।

उनले भने, ‘हामीले पुटिनले युक्रेनमा ठूलो आक्रमण गर्नेछन् भन्ने आशा गरेका थिएनौं । मलाई लाग्दैन कि हामी पुटिनलाई दबाब दियौंँ भने उनले के गर्छन् भनेर प्रयोग गर्न चाहन्छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ