arrow

प्रतिनिधि सभामा लिइयो वालेन्द्रको उदाहरण, छलाङप्रति गजुरेल भन्छन् –दलप्रतिको आक्रोश 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
balen-sah-kathmandu.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार वालेन्द्र साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् । 

प्रतिनिधि सभा बैठकमा बुधबारबाट शुरु भएको आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, त्यो हामी, राजनीतिक दल र नेताप्रतिको आक्रोश हो ।’

काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले राजनीतिक दलका उम्मेदवारभन्दा करिब दोब्बर मत ल्याएर अग्रता कायम राखिरहँदा गजुरेलले यस्तो बताएका हुन् । 

नागरिकमा राजनीतिक दल र नेताप्रतिको आक्रोश बढेको विषय सोचनीय रहेको भन्दै उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसका लागि बजेट बनाउने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । 

जनताको चासो र अपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा संविधान नै खतरामा परेको उनको भनाइ छ । 

स्वतन्त्र उम्मेदवार वालेन्द्रले काठमाडौं महानगरपालिकामा अग्रता लिइरहेका छन् । उनले एमाले र गठबन्धनका उम्मेदवारको जोडेर भन्दा बढी मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ