- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसदमा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए ।
त्यसदिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।
संसदमा बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिन सरकारको प्रि–बजेटका बारेमा छलफल भएको थियो । सबै दलले भाग लिएको बजेटमा विशेष गरी स्वास्थ्य र शिक्षामा जोड दिन सुझाव दिइएको छ । त्यसैगरी युवालाई ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको छ ।