arrow

ओली भन्छन् - आइफिल भन्ने इन्जिनियर बुद्धिमानी रहेनछन् कि के हो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
pm-kp-oli3.jpg

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भ्यू टावर बनाउने काम गरेर सही गरेको बताएका छन् । कवि मिना श्रेष्ठको पुस्तक सफल विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसले भ्यू टावर नबनाउने प्रतिबद्धता जनाएकोप्रति व्यङ्ग गर्दै उनले भने,' एक पार्टीले भ्यू टावर नबनाउने प्रतिबद्धता व्यक्त गरेको छ । फ्रान्सको आइफिल टावर बनाउने इन्जिनियर बुद्धिमानी रहेनछन् कि के हो । '

आफूले राजनीतिक भाषण नगर्ने भन्दै ओलीले भने,' एउटा पार्टीले आफ्नो घोषणा पत्रमै भन्यो भ्यू टावर बनाउँदैनौ । भ्यू टावर बनाउने काम छैन । आइफिल भन्ने इन्जिनियर जसले आइफिल भन्ने टावर बनाए बुद्धि नभएका रहेछन् कि के हो  ।  जो फ्रान्सको प्रतीक भएको छ । जसले फ्रान्सलाई अर्बौँको आम्दानी दिएको छ । भ्यू टावर भनेको केही पनि होइन टुप्पामा धान पनि फल्दैन भन्ने बुझ्न भएन ।' 

उनले टावर देशको प्रतीक भएको बताए ।  'जब हामी सोझो आम्दानीको कारोबार मात्र गर्छौ भने फर्गेट यस्टरडे बाहेक अरू कुरा हुँदैन ।' उनले भने ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ