arrow

बोगटान फुड्सिल गाउँ पालिकाको नारा, महिला हिंसारहित सारा

logo
प्रकाश बम, 
प्रकाशित २०७९ जेठ ९ सोमबार
bishna-deuba-bomb-.jpg

डोटी । बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बमले पदभार ग्रहणसंगै ‘बोगटान फुड्सिल गाउँपालिकाको नारा, महिला हिंसारहित सारा’ भन्ने नारा कार्यान्वयन गर्ने घोषणा गरेकी  छिन् । 

सोमबार पदभार ग्रहण गर्दै उपाध्यक्ष बमले महिला हिंसा न्यूनीकरण तथा अन्त्य लागि विशेष जोड रहने  बताइन् । उनले भनिन्, ‘गाउँपालिका भित्रका सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनेछौं । महिलासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइने छ।’

महिला स्वरोजगार कार्यक्रमलाई  विशेष जोड दिइने बमले बताइन्  । उनले थपिन्, ‘जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तहलाई सङ्घीयताको मर्म तथा स्थानीय सरकार संचालन ऐन अनुरुप कामकारबाही अगाडि बढाएर नमूना स्थानीय बनाउन आफ्नो विशेष पहल रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ