arrow

सरकारले विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्न व्यवस्था गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
vidya-devi-bhandari-parliament.jpg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताएकी छन् । मंगलबार आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । 

राष्ट्रपतिले सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०७९–८० का लागि वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन् । अर्थ मन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा आधारित रहने बताएको छ ।  

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ